जनविद्रोह उर्लिएपछि श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे

जनविद्रोह उर्लिएपछि श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी असार २९ । श्रीलंकामा आर्थिक संकटपछि जनविद्रोह उर्लिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् ।

जनताले राष्ट्रपति कार्यलय कब्जा गरेपछि भागेर लुकेका राष्ट्रपति मध्यरातमा सेनाको बिशेष विमान मार्फत देश बाहिर लागेका हुन् ।

७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।

राजापाक्षे परिवारको सत्तामा लामो समयदेखि हालीमुहाली रहेका कारण आर्थिक संकट आएको भन्दै जनताले विद्रोह थालेका थिए ।

उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बिबिसीले जनाएको छ। अमेरिकी नागरिकतासमेत भएका बासिल उनी त्यतै जाँदैछन्।

श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ।

यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने छन्।

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो।

२ करोड २० लाख श्रीलंकालीहरू केही वर्षअघिसम्म आर्थिक विकासका लागि छिमेकी मुलुकहरूका लागि पनि उदाहरण बन्ने दिशामा थिए। शासकहरू अदूरदर्शी नीतिका कारण अहिले श्रीलंका टाट पल्टिएको छ।

यसैगरी प्रधानमन्त्री रनिल विक्रमासिंघे कहाँ छन् भन्ने थाहा छैन।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ