एजेन्सी असार २७ । रुसले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता लिन चाहेमा सजिलै प्रदान गर्ने कानुन बनाएको छ । उक्त कानुनमा राष्ट्रपति भ्लादीमीर पुटिनले हस्ताक्षर गरेका छन् ।
डोनबास सहित युक्रेनको सबै ईलाकाका नागरिकले सजिलो तरीकाबाट नागरिकताका लागि आवेदन दिन सक्नेछन् ।
यस युद्धका क्रममा दक्षिणी युक्रेनबाट ठूलो संख्यामा नागरिकहरु रुस पलायन भएका थिए ।
रसियाले युक्रेनमा आक्रमण गरे यता ९ लाख ५० हजार युक्रेनी नागरिकले नागरिकताको लागि आवेदन दिएकामा हाल सम्म ७ लाख ७० हजारले रुसी नागरिकता लिईसकेको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।
युक्रेनमा रहेका रुसी भाषी नागरिकहरु अत्याधिक मात्रामा रुस तर्फ पलायन भईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline