एजेन्सी असार २६ । आर्थिक संकटमा फसेको श्रीलंकामा एक पछि अर्को ठूलो जनप्रदर्शन बढ्दै जाँदा हिंशात्मक गतिविधि शुरु भएको छ ।
त्याहाँ प्रदर्शनकारीहरुले हिजो राष्ट्रपति कार्यलय घेरेपछि राष्ट्रपति गोटवाया राजापाक्षे भागेका थिए । उनी कहाँ बसेका छन् एकिन नभएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
गोटाबायले जनताको चाहना अनुसार १३ जुलाईमा आफूले राजीनामा दिने जानकारी पठाएको श्रीलंकाका सभामुखले बताएका छन् ।
यसै गरी आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति कार्यलय कब्जा गरेका छन् भने प्रधानमन्त्रीको निजी निवासमा आगो लगाएका छन् ।
प्रधानमन्त्री रनिल विक्रमासिंहेको घरमा आगो लगाएपछि उनी पनि राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि तयार भएका छन् ।
श्रीलंकामा बढेको आर्थिक संकटका कारण ईन्धन, खाद्यन्न, जस्ता अत्यावस्यक बस्तुमा समेत आपुर्ति संकट छ भने विद्यालयहरु बन्द भएका छन् ।