असार २४ एजेन्सी । रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीका र नेटोलाई चेतावनी दिँदै यदी रुसलाई युद्धभूमिमा पराजीत गर्न चाहेको हो भने कोशिस गरेर हेर्न चेतावनी दिएका छन् ।
अमेरीका र नेटो देशहरुले भारी मात्रामा युक्रेनलाई हतियार दिईरहेपछि पुटिनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूले पश्चिमाहरुले रुसलाई युद्धभूमिमा हराउने भनेर सुनेको भन्दै रुसले पश्चिमाहरुसँग कदापी नझुक्ने बताए ।
उनले पश्चिमाहरु एक जना पनि युक्रेनी नागरिक रहँदा सम्म रुस बिरुद्ध लडाई रहने षड्यन्त्रमा रहेको भन्दै यो युक्रेनी जनताको लागि दुखदः रहेको पनि बताए ।
युक्रेनी जनतामा थप क्षति नहोस भनेर हामीले वास्तवमा बिशाल युद्ध अझै शुरु नगरेको पुटिनको दावी छ ।
पुटिनले युक्रेनमाथिको सैन्य हस्तक्षेपले विश्वलाई अब बहुध्रुवीय बनाएको समेत बताएका छन् ।
रुसको संसदमा बोल्दै पुटिनले आफ्नो देशले शान्ति चाहेको र युक्रेनमा अझै पनि शान्तिका लागि वार्ता गर्न तयार रहेको पनि बताए ।