एजेन्सी असार २४ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली हानिएको छ ।
नारा सहरमा एक कार्यक्रममा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । उनको शरीरमा गाली लागेपछि ढलेको र अवस्था गंभीर रहेको बताईएको छ ।
सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ ।
उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्याइएको थियो ।
गोली कसले र किन प्रहार गरेको हो एकीन हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline