युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ ।

रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु भनेको ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ सहरमा आक्रमण गरेका बताएका थिए । युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ