भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

  • आइतवार, असार १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग ले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ । “हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं,” भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा सो कुरा भनेका छन् ।
“यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ।” शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग “भारत सरकारको आलोचनात्मक आवाजहरू – विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ।” भनिएको छ । प्रवक्ता बागचीले भनेका छन् -“दु:खको कुरा आयोगले आफ्नो एजेन्डा अनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी