युक्रेनको पुरै पूर्वी क्षेत्र कब्जाको अन्तिम चरणमा रुस, राजधानी किभमा पनि बमबारी

युक्रेनको पुरै पूर्वी क्षेत्र कब्जाको अन्तिम चरणमा रुस, राजधानी किभमा पनि बमबारी

  • आइतवार, असार १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार १२ एजेन्सी । गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण शुरु गरेको रुसले युक्रेनको पूर्वी क्षेत्र कब्जा अन्तिम चरणमा पुर्याएको छ । डोनबास क्षेत्रका रुपमा चिनिने लुहान्सको सबै जसो भुभाग कब्जा गरिसकेको रुसले अब डोनेत्सकको केही भाग कब्जा गर्न बाँकी रहेको बताईएको छ ।

लुहान्सकको मुख्य शहर सेभेरडोनेत्सकबाट रुसी सेना पछि हटेपछि रुसी सेनाले कब्जा गरेको छ ।
मारिउपोलपछिको सबै भन्दा महत्वपूर्ण रणनीतिक शहर युक्रेनले गुमाएको छ । यस शहरमा एउटा सुरुङमा लुकेर बसेका २ हजार युक्रेनी सेनालाई सुरक्षित रुपमा फिर्ता लान युक्रेनले प्रयास गरीरहेको छ ।
यता जी सेभेनको बैठकमा रुस बिरुद्ध कडा आवाज उठिरहेका बेला रुसले युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रबाट ५ नागरिक घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ