अमेरीकामा गर्भपतन गराउन महिलाको अधिकार हटेपछि, गर्भपतन सम्बन्धि सेवा बन्द हुन शुरु

अमेरीकामा गर्भपतन गराउन महिलाको अधिकार हटेपछि, गर्भपतन सम्बन्धि सेवा बन्द हुन शुरु

  • शनिबार, असार ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा निर्णयलाई खारेज गरेपछि देशका विभिन्न राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका छन् ।

गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासका बीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन् ।

गर्भपतनको सेवा प्रदान गर्दै आएको वेस्ट भर्जिनियाको एकमात्र संस्थाका कार्यकारी निर्देशक केटी क्बिनोनेजले भक्कानिएका केही सेवाग्राही बोल्न नसकेका, केहीले बलिन्द्र आँसुका धारा बगाएका बताउँदै आफ्ना कर्मचारी दिनभर अब सेवा प्रवाह नहुने र ‘तपाईँको अपइन्टमेन्ट’ रद्द गरिएको सूचना प्रवाहमा व्यस्त हुनु परेको जनाइन् ।

गर्भपतन अधिकारका समर्थकहरूले सर्वोच्चको फैसलालाई अमेरिकी न्यायसम्पादनको कालो दिन भनेका छन् भने भ्रुणहत्या पाप हो भन्नेहरूले फैसलाको स्वागत गरेका छन् । सर्वोच्चको फैसलासँगै नौ वटा राज्यमा गर्भपतन रोकिएको छ भने दक्षिण डकोटा र ओक्लोहमाका सेवा प्रदायकले पनि गर्भपतनको प्रक्रिया रोक्ने तरखर गरेका छन् ।

गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोरिएको विरोधमा देशका विभिन्न शहरमा व्यापक प्रदर्शन भइरहेको छ । फैसलाको पक्षमा पनि केही राज्यमा प्रदर्शन भएका छन् । सर्वोच्चको फैसालपछि अब राज्यहरूले गर्भपतनसम्बन्धी आफ्नै नियम बनाउने छन् । धेरै राज्यमा सर्वोच्चको फैसला अनुरुपका नियम बनाइने सम्भावना रहेको छ ।

यसैबीच, भ्याटिकनको एकेडेमी फर लाइफले गर्भपतनसम्बन्धी अमेरिकी सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । भ्याटिकनले मानव जीवनको रक्षा व्यक्तिगत अधिकारमा सीमित हुन नसक्ने उल्लेख गर्दै महिलाहरूलाई आफ्ना कोखमा बच्चा जोगाउनका निम्ति सामाजिक परिवर्तन आवश्यक भएको बताएको छ । उसले जीवनका विषयमा चिन्तन गर्न पनि उनीहरूलाई आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ