अमेरीकी डलरको विकल्प खोज्न जुट्दै रुस, चीन भारत लगायतका देश

अमेरीकी डलरको विकल्प खोज्न जुट्दै रुस, चीन भारत लगायतका देश

  • बिहिबार, असार ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार ९ एजेन्सी । पछिल्लो रुस युक्रेन युद्धपछि अमेरीका र युरोपले रुसमाथि प्रतिवन्ध लगाएसँगै शक्तिशाली अन्य देशहरुले डलर र अन्तराष्ट्रिय भुक्तानी प्रणालीको विकल्प खोज्न शुरु गरेका छन् ।

रुसमाथि प्रतिवन्धका क्रममा वैदेशिक मुद्रामाथि लिईएको नियन्त्रण, रुसी बैंकहरुलाई अन्तराष्ट्रिय भुक्तानी प्रणाली स्वीफ्ट बाट बाहिर निकालिएपछि अहिले रुसले भारत, चीन, दक्षिण अफ्रीका, ब्राजिल जस्ता देशहरुमा तेल निर्यात बढाएको छ । अन्य व्यापार पनि बृद्धि भएको छ ।

 

यी पाँच देशको अलग्गै समुह ब्रिक्सको बिजनेस फोरमलाई संवोधन गर्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अन्तराष्ट्रिय रिजर्भका लागि नयाँ मुद्राको विकासमा काम भईरहेको बताए ।
साथै अन्तराष्ट्रिय भुक्तानी प्रणालीको विकासमा पनि ब्रिक्स देशहरु लागेको बताए ।

 

यदी त्यो पाँच शक्तिशाली देशले अलग्गै मुद्रा र भु्क्तानी प्रणालीको विकास गरेमा डलरको प्रभाव विश्वव्यापी रुपमा खुम्चिने निश्चित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ