कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

  • सोमवार, असार ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ ।
कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत ९जुन ५०.४४ प्रतिशत० प्राप्त गरेका छन् । यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन ९४७।३१ प्रतिशत प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भनेका छन् ( यो उत्सवू को दिन हो।
पहिलो लोकप्रिय विजयको उत्सव मनाऔं, पेट्रोले लेखेका छन्। यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो। उनले भने । ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो।
रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ