अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्रलाई आकाशमै खसाल्ने चीनको रणनीति, परिक्षण गर्यो शक्तिशाली हतियार

अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्रलाई आकाशमै खसाल्ने चीनको रणनीति, परिक्षण गर्यो शक्तिशाली हतियार

  • सोमवार, असार ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

असार ६ एजेन्सी । चीनीया जनमुक्ति सेनाले ताईवान मामलामा अमेरीकासँग संभावित सैन्य तनाव बढीरहेका बेला अन्तरमहादेशीय परमाणु क्षेप्यास्त्रलाई आकाशमै नष्ट गर्ने हतियारको सफल परीक्षण गरेको छ ।
चीनीया सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार गएराति सेनाले जमिनबाट हावामै शक्तिशाली क्षेप्यास्त्र नष्ट पार्ने नयाँ हतियारको सफल परीक्षण गरेको हो ।
केही समय अघि पनि यस्तो हाईपरसोनिक मिसाईलको परीक्षण गरेको थियो ।

ताईवानको विषयलाई लिएर अमेरीकासँग युद्ध हुन सक्ने आँकलन चीनले गर्दै आएको छ । अमेरीकाले पनि ताईवान कब्जा गर्न खोजे चीन बिरुद्ध सैन्य हस्तक्षेप गर्ने चेतावनी दिँदै आएको छ ।

चीनीया रक्षा बिशेषज्ञहरुले अब कुनै पनि देशले परमाणु अस्त्रको धम्की दिएर चीनलाई तर्साउन नसक्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ