इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन् जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।

फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताए । उनीहरुको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ ।

जेनिनमा दुई फरक स्थानमा हतियार खोज्नको लागि अभियान चलाएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ