एजेन्सी असार ३ । अमेरीकाले रुस बिरुद्ध लड्न युक्रेनलाई भारी मात्रामा घातक हतियार र पैसा दिएको छ । हाल सम्म उसले अर्बौ डलरको हतियार आर्थिक सहायता दिईसकेको छ ।
यसबीच पछिल्लो समय अमेरीकी अधिकारीहरुले रुस युक्रेन युद्ध कुटनीतिक रुपमा समाधान हुनु पर्नेमा जोड दिन थालेका छन् ।
अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले अमेरीकाले युद्धभमिमा युक्रेनलाई अत्याधिक सहयोग पुर्याउने र वार्ताको टेबलमा पनि सहयोग पुर्याउने भन्दै युद्धको अन्त्य कुटनीतिको माध्यमबाट हुने विस्वास व्यक्त गरे ।
तर युक्रेनले अमेरीका र पश्चिमा देशहरुको हतियारको बलमा अन्तिम जित नभए सम्म युद्ध लडिरहने अडान राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline