अमेरीकामा बन्दुक नियन्त्रणको माग गर्दै बिशाल प्रदर्शन

अमेरीकामा बन्दुक नियन्त्रणको माग गर्दै बिशाल प्रदर्शन

  • आइतवार, जेष्ठ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं जेठ २९। अमेरिकामा दिनप्रति दिन बन्दुक प्रहारका घटना बढ्दै गएपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग गर्दै बिशाल प्रदर्शन भएको छ ।

पछिल्लो समय अन्धाधुन्द गोली प्रहारले निर्दोष ब्यक्तिहले ज्यान गुमाएपछि कडा कानूनको माग गर्दै दशौं हजार मानिस सडकमा ओर्लिएका हुन् । “म बन्दुक प्रहारबाट बच्न चाहन्छु” भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरी सडकमा उत्रिएपछि राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्दै सडकमा उत्रिएका छन् । राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान गरेका छन् ।

गन सेफ्टी ग्रुपको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने भन्दै बालबालिकाहरूले राजनीतिज्ञहरूलाई झम्टिने दिन नआओस भन्ने समेत चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ