जेठ २६ एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धमा विदेशी लडाकुको रुपमा भर्ना भएर रुस बिरुद्ध युद्धमा सहभागी भएका दुई ब्रिटिश युवालाई युक्रेनबाट अलग भएर घोषित भएको डोनेस्क रिपब्लिकको एक अदालतले मृत्युदण्डको फैसला गरेको छ । साथै एक मोरक्कोका युवालाई पनि मृत्युदण्डको सजाय तोकिएको छ ।
उनीहरु युक्रेनी सेनासँग मिलेर रुस बिरुद्ध युद्धमा सामेल भएका थिए । युद्धकै क्रममा रुसी सेनाले उनीहरुलाई कब्जा गरेर युद्धबन्दी बनाएको थियो ।
युक्रेनमा विभिन्न युरोपेली देशबाट २० हजार बढी युवाहरु रुस बिरुद्ध युद्ध लडिरहेका छन् ।
यी मध्य हजारौँको संख्यामा मारिसकिएको र केही पक्राउ परेको रुसी सेनाले दाबी गरेको छ ।
गत फेब्रुअरी २४ देखि जारी युद्धमा दशौँ हजार मानिसको ज्यान गएको छ भने हजारौँ सैनिक तथा गैर सैनिक संरचनाहरु ध्वस्त भएका छन् । युद्ध अझै पनि साम्य हुन सकेको छैन ।