भाजपाका एक नेताले मुस्लिम धर्मगुरुको अपमानजनक अभिव्यक्ति दिएका कारण भारतको १५ देशसँगको कुटनीतिक सम्बन्ध संकटमा

भाजपाका एक नेताले मुस्लिम धर्मगुरुको अपमानजनक अभिव्यक्ति दिएका कारण भारतको १५ देशसँगको कुटनीतिक सम्बन्ध संकटमा

  • मङ्लबार, जेष्ठ २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

नयाँ दिल्ली, २४ जेठ । सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्येपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ ।

इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारत विरुद्ध आधिकारिक विरोध जनाएका छन् । ती देशले टिप्पणीलाई ‘अपमानजनक’ भनेका छन् ।

ती देशहरूले पैगम्बर मुहम्मदको अपमानको निन्दा गर्दै सरकारले माफी माग्नुपर्ने माग गरेका छन् ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए ।

यसैबीच, विपक्षी दलहरूले दुई भाजपा नेताविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिगारेको उनीहरूले आरोप लगाएका छन् ।

खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक ट्वीट र टिप्पणीले ‘कुनै पनि हिसाबले सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने’ जनाएको छ ।

यसैबीच, विवादास्पद टिप्पणी गरेको भन्दै भाजपाले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन र नवीन जिन्दललाई निष्कासन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ