रुसी हमला १००औँ दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा

रुसी हमला १००औँ दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा

  • शुक्रबार, जेष्ठ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मस्को, २० जेठ । रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ ।

रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ

पूर्वी दोनबास क्षेत्रमा रुसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ ।

युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदिर जेलेन्स्कीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ