काठमाडौं जेठ १७। भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।
अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
भारतको केन्द्रीय अनुसन्धान व्युरोले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
जैन पक्राउ परकोमा आम आदमी पार्टीले भने विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम पार्टीका इन्चार्ज समेत हुन् ।
केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मी पार्टीले पञ्जावमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline