युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजितः जेलेन्स्की

युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजितः जेलेन्स्की

  • बुधबार, जेष्ठ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

एजेन्सी, ११ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छ ? म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने ।

वासिंगटन  र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् ।

युक्रेनले अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनमा थप समर्थन, सदस्यता र देशमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । किभले ठूलो सहयोग, अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धनको सदस्यता र युक्रेनमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनको लागि कृतज्ञ रहेको बताए । ‘हामी युरोपेली महादेशमा छौँ र हामीलाई एक संयुक्त युरोपको समर्थन चाहिन्छ’,  उनले थपे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ