एजेन्सी जेठ ११ । अमेरीकाको टेक्सासमा बन्दुक धारीले अन्धाधुन्ध भीषण गोली चलाउदा १८ विद्यार्थीको मृत्यु भएको छ । गोली लागेर एक जना शिक्षकको पनि मृत्यु भएको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
रोलान्ड गुटिरेज नामका १८ वर्षे युवकले विद्यालयमा जथाभावी गोली चलाएको बताईएको छ । स्कुलमा आम विद्यार्थीमाथि गोली चलाउनु अघि उनले आफ्नै हजुरआमालाई पनि गोली हानेको समाचारमा उल्लेख छ ।
घटनामा अन्य थुप्रै घाईते भएका छन् । ती अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline