धनी र गरीबीको खाडल : कोरोनापछि हरेक ३० घण्टामा एक जना अर्ब पति हुने र १० लाख गरीब थपिए !

धनी र गरीबीको खाडल : कोरोनापछि हरेक ३० घण्टामा एक जना अर्ब पति हुने र १० लाख गरीब थपिए !

  • सोमवार, जेष्ठ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ ।

अक्सफामको हालसालैको प्रतिवेदन ‘प्रोफिटिङ फ्रम पेन’मा कोभिड–१९ महामारीले हरेक ३० घण्टामा नयाँ अर्बपति सृजना गरेको र सन् २०२२ मा यही गतिमा १० लाख मानिस चरम गरिबीमा धकेलिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खाद्य र उर्जा क्षेत्रका अर्बपतिहरूले प्रत्येक दुई दिनमा १ अर्ब डलरले आफ्नो रकम बढाइरहेका छन्, किनकी महत्वपूर्ण वस्तुहरूको मूल्य दशकौँको तुलनामा द्रुत गतिमा बढेको छ ।

कोभिड १९ पछि पहिलो पटक व्यक्तिगत रूपमा डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन भइरहेका बेला प्रतिवेदन सार्वजनिक भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय परोपकारी संस्थाले कम भाग्यमानीहरूलाई मद्दत गर्न धनीहरूलाई कर लगाउने समय भएको तर्क गरेको छ ।

कोभिड र बढ्दो मूल्य बृद्धिका कारण २६ करोड ३० लाख मानिसहरू यसै वर्ष चरम गरिबीमा धकेलिने अक्सफामले अनुमान गरेको छ । यस हिसाबले हरेक ३३ घन्टामा १० लाख मानिस गरिबीमा धकेलिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ