नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • शुक्रबार, कार्तिक २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २० कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२ दशमलव ७४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ ।

आज १५८ कम्पनीको शेयर बढ्यो भने १०७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ