विश्व स्वास्थ्य संगठनले अब कोरोना महामारीको अन्त्यको घोषणा गर्ने

विश्व स्वास्थ्य संगठनले अब कोरोना महामारीको अन्त्यको घोषणा गर्ने

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं फागुण २८। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल शुरु गरेको छ ।

डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् ।

महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कोरोना महामारी अन्त्यको घोषणा गरेपनि अझै वार्षिक हजारौं सर्वसाधारणको मृत्यु हुने सम्भावना रहेको डब्लुएचओको दावी छ।

पछिल्लो समय कोरोना संक्रमणको दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी