रुसमाथि प्रतिवन्धका कारण पेट्रोल महंगो मात्र हैन अभाव समेत हुने चेतावनी

रुसमाथि प्रतिवन्धका कारण पेट्रोल महंगो मात्र हैन अभाव समेत हुने चेतावनी

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

फागुण २५ एजेन्सी । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) ले चेतावनी दिएको छ ।
पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए ।

उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भने, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।”

रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको छ ।

यी प्रतिबन्धलाई विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भएको उनले उल्लेख गरे ।

“आज बिहानसम्म तेलको अभाव देखिएको छैन, तर त्यहाँको रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ ।” उनले भने ।
बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, “तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि ‘हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं ।”

संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार फेरि तेलको मूल्य बढेको छ ।

ब्लूमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा यूक्रेन–रूस युद्ध सुरूभएपछिभविश्यको बजारमा तेलको मूल्य ३० प्रतिशत भन्दा बढी बढेको छ ।
यो कच्चा तेलको मुल्य १३० डलर प्रति व्यारल नजिक पुगेको छ । यसले संसारभर तेलको मुल्य बढ्ने मात्रै हैन रुसी प्रतिवन्धले अभाव समेत बढ्ने देखिएको छ ।
युक्रेनमा हमला गरेको भन्दै अमेरीका र युरोपले रुसमाथि तेल निर्यातमा प्रतिवन्ध लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ