ल्याटीन अमेरीकी मुलुकहरुलाई अमेरीकाको ब्याकयार्डका रुपमा हेरिन्छ । जहाँ रणनीतिक हिशाबले पनि महत्वपूर्ण छ उसका लागि । तर हालैका दिनमा अमेरीका युक्रेन मामलामा रुससँग अल्झिरहेको छ ।
यही बेला चीनले अमेरीकी ब्याकयार्डमा रहेका ल्याटीन अमेरीकी देशहरुमा आफ्नो भ्रमण र कुटनीतिक सम्बन्ध अदान प्रदान तीव्र बनाएको छ ।
यस गतिविधिको मुख्य उदेश्य चीनले बिआरआईमा ती देशहरुलाई सामेल गराउनु रहेको छ । हालै चीनमा जारी ओलम्पिकमा अमेरीकाको कुटनीतिक बहिष्कारको वेवास्ता गर्दै अर्जेन्टिना र ईक्वेडरका राष्ट्रपतिले चीनको भ्रमण गरे र राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरे ।
अहिले अन्तराष्ट्रिय मुद्राकोषको कर्जा भुक्तानी गर्न अर्जेन्टिनाले अमेरीाकसँग कुरा गर्दै गर्दा वामपन्थी राष्ट्रपति अलबर्टो फर्नान्डेजले फेब्रुअरीमा चीन र रुसको भ्रमण गरे । उनको यो भ्रमण विवादमा रह्यो । यद्यपि, उनले यो भ्रमण मार्फत अमेरीका र आईएमएफप्रतिको निर्भरता घटाउन खोजेको सन्देश दिएका छन् ।
ईक्वेडरका राष्ट्रपति गुलेर्मो लासो मन्डोजा पनि लागू औषध कारोबार गर्ने गिरोह बिरुद्ध लड्न अमेरीकाबाट मद्धत चाहन्छन् । तर पनि उनी कर्जा लिन चीनसँग लालायित छन् । अमेरीका तर्फ जाने ठूलो संख्यामा आप्रवासीहरु , त्याहा फैलिएको लागू औषध कारोबार र भ्रष्टाचार अमेरीकी विदेश नीतिको टाउको दुखाई बनेको छ ।
केही समय अघि मात्रै वामपन्थी शासन रहेको निकारागुआले ताईवानसँग पारम्परिक र कुटनीतिक सम्बन्ध तोड्यो । यसलाई पनि चीनको प्रभावका रुपमा हेरियो ।
चीनले एलसाल्भाडोर र हुन्डुरससँग पनि आफ्नो सम्बन्ध बलियो बनाएको छ । जानकारहरुका अनुसार अमेरीकाको पारम्परिक ब्याकयार्ड वा मेरुदण्डको रुपमा हेरिने यो ईलाकामा चीनले आफ्नो प्रभूत्व बढाउने प्रयास गरीरहेको छ ।
चीनले विश्वका अधिकाश ल्याटीन अमेरीकी देशहरुमा आफ्नो सम्बन्ध राम्रो बनाउन कोरोना खोप अनुदानमा दिएर पनि कोशिस गरेको छ । कोडिभ भ्याक्सिन सित्तैमा ठूलो मात्रामा हात पारेकाले यी देशले चीनसँको सम्बन्ध थप मजबुत बनाउन थाले । ती देशहरुले अन्य आवस्यकता पूरा गर्न चीनसँग कुटनीतिक र व्यापारीक सम्बन्ध अझ बढाउन थाले ।
अमेरीकाले ती देशहरुमा उठाएको मानव अधिकार जस्ता विषयको पनि फाईदा उठाएको देखिन्छ । उदाहरणका लागि एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले सो देशका केही नागरिकमाथि अमेरीकाले लगाएको प्रतिवन्धलाई बेतुकको भन्दै टिप्पणी गरे । अमेरीकाले ईक्वेडरका केही सरकारी अधिकारीको आपराधीक संगठनसँग साझेदारी रहेको आरोप समेत लगाएको थियो ।
पछिल्लो समय चीनीया सरकारी मिडियामा स्पेनिश र पोर्चुगाली भाषामा सन्देशहरु दिईयो । साथै ती देशका स्थानीय मिडियाहरुमा चीनलाई लिएर अधिक खबरहरु प्रकाशित भएका छन् । यसरी हेर्दा चीनले पश्चिमी गोलाद्र्धमा रणनीतिक मात्र हैन आर्थिक रुपमा पनि ठूलो खेलाडीको रुपमा स्थापित गर्न सफल भएको छ ।
फेब्रुअरी ९ मा ब्राजिलको गोजेटा दो पोवो नामको एक अखबारमा २०२१ मा चीन ब्राजिलको ब्यापार ऐतिहासिक रेकर्ड स्तरमा पुगेको लेखिएको थियो ।
८ फेब्रअरीमा पेरुको एल पेरुआनो नामक अखबारमा चीनसँग ल्याटीन अमेरीकाको ब्यापार ४५० अर्ब डलरमाथि पुगेको र ऐतिहासिक रेकर्ड बनेको उल्लेख गरिएको छ ।
एक अमेरीकी विश्व विद्यालयले गरेको अध्ययन अनुसार स्थानीय नेताहरुको भनाईमा ल्याटीन अमेरीकामा अर्थव्यवस्था र प्रविधिको मामलामा चीनको प्रभाव अत्याधिक बढेको छ ।
को साथी , को शत्रु ?
चीनले निरन्तर भन्दै आएको छ कि उसले विना शर्त सहयोग दिन तयार छ । चाहे भ्याक्सिन होस् या संरचनागत सुधारको लागि होस् । अमेरीकाको दाबी यो छ कि चीनले आफ्नो भूराजनीतिक लक्ष्य पूरा गर्न पैसाको प्रयोग गरीरहेको छ ।
एल साल्भाडोरका मामलामा यसलाई जोडिएको छ । एल साल्भाडोरले गणतान्त्रिक प्रकृया नअपानएको भन्दै त्याहाँका राष्ट्रपति बुकेलेको आलोचना गरीरहेको छ । तर उनले चीनको सहयोगमा त्याहाँ भव्य राष्ट्रिय रंगशाला बनाए जुन चीनले अनुदानमा खडा गरिदियो । यस विषयमा ट्वीट गर्दै उनले साथी को हो ? भन्ने प्रश्न लेख्दै त्यो मानिस जो तपाईलाई रंगशाला, लाईब्रेरी, सम्मेलन केन्द्र, बन्दरगाह र पानी प्रशोधन केन्द्र बनाईदिन्छ वा फेरी त्यो जसले तपाईलाई प्रतिवन्धको सूचीमा राख्छ र तपाईको बिरोधीलाई वित्तपोषण गर्छ ?
अमेरीकालाई उकास्नका लागि बुकेले यो कदम चालेको पनि चर्चा स्थानीय मिडियाहरुमा गरिरहेको छ ।
ल्याटीन अमेरीकाको ब्राजिल, चिली, अर्जेन्टीना, जस्ता ठूला अर्थव्यवस्थाहरुमा चीनले पहिले देखि नै अमेरीकाको भन्दा बढी ब्यापार गर्न थालिसकेको छ । पेरु र भेजेजुएलाको मामलामा पनि यस्तै छ । त्यही कोलम्बिया, ईक्वेडर र अन्य ईलाकामा पनि चीनले आफ्नो पाईला प्रवेश गराईसकेको छ ।
यस विषयमा ट्वीट गर्दै उनले साथी को हो ? भन्ने प्रश्न लेख्दै त्यो मानिस जो तपाईलाई रंगशाला, लाईब्रेरी, सम्मेलन केन्द्र, बन्दरगाह र पानी प्रशोधन केन्द्र बनाईदिन्छ वा फेरी त्यो जसले तपाईलाई प्रतिवन्धको सूचीमा राख्छ र तपाईको बिरोधीलाई वित्तपोषण गर्छ ?
चीनको ब्यापारिक परिचालन आफ्नो विदेश नीतिमा दोस्रोसँग बहुपक्षीय सम्बन्ध विकास गर्न गरीरहेको देखिन्छ । यसले अमेरीका र उसँग जोडिएको वित्तिय संस्थाहरुमा रहेको अत्याधिक निर्भरता कम गर्ने ती देशहरुले पनि खोजीरहेका बेला चीन उपस्थित भएको छ ।
साथै क्युबा, निकारागुआ र भेनेजुएला जस्ता वामपन्थी रुझान भएको सरकार भएको देशमा पहिले देखि नै अमेरीका बिरोधी भावना प्रवल रहेको छ । यसलाई अमेरीकाले खतरनाक मान्दै आएको छ ।
चीनले कम्युनिटी अफ् ल्याटीन अमेरीकन एण्ड क्यारेबियन स्ेटस् जस्ता क्षेत्रीय संगठन बनाएर आफ्नो सम्बन्ध बलियो बनाईरहेको छ । यस संगठनको नेतृत्व अहिले अर्जेन्टीनाले गरीरहेको छ । यस संगठनले चीनको बीआरआईसँग करार सम्झौता गरीसकेको छ भने भेनेजुएला र क्युवाले यस अघि नै सम्झौता गरीसकेका छन् ।
आफ्नो स्पेनिश भाषाको सेवामा चीनीया सरकारी मिडियाले लिबरो अमेरीका अर्थात अमेरीकाबाट स्वतन्त्रता नामको सेक्सन नै शुरु गरेको छ । यसमा अमेरीकी र क्यारेबियन देशहरुमा चीनको कुटनीतिक प्रयासहरुको थुप्रै रिपोर्टहरु प्रकाशित छन् ।
अहिले सम्म बिआरआईमा सामेल भईनसकेका ब्राजिल मेक्सिको र कोलम्बियाले पनि यसबाट फाईदा लिन खोजीरहेको रिपोर्टमा उल्लेख छ ।
ल्याटीन अमेरीकामा अहिले चीन कुटनीतिक र व्यापारीक खेलाडीको रुपमा मात्रै पेश भएको छ । तर पछि त्याहाँ सैन्य सम्झौता समेत हुन सक्नेमा अमेरीका चिन्तित छ ।
अमेरीका रुससँग युक्रेन मुद्धामा सामेल भईरहेको मौकामा चीनले पुरै विश्वमा प्रभाव बढाईरहेको ती दाबी मेक्सीकोका एक स्तम्भकारले गरेका छन् ।
चीन बाहेक रुस र ईरानसँग पनि अमेरीकाको तनाव रहेका बेला तीनै शक्तिले अमेरीकालाई चूनौती दिईरहेको एक विष्लेषकको दाबी छ ।