कोरोना महामारीको नियन्त्रणसँगै सन् २०२१ मा चीनले उच्च आर्थिक वृद्धि गरेको छ । आज प्रकाशित रिपोर्ट अनुसार यस वर्ष चीनको आर्थिक वृद्धि झण्डै एक दशक पछिकै उच्च बनेको छ । चीनले यो वर्ष ८.१ अंकको वृद्धि हासिल गरेको छ । सन् २०२० मा चीनको आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चिएको थियो ।
ग्लोबल टाईम्सका अनुसार अब चीनको जिडिपी ( कुल ग्राहस्थ उत्पादन ) १८ ट्रिलियन अमेरीकी डलर अर्थात ११४.३७ ट्रिलियन युआन पुगेको छ ।
यसै गरी रिपोर्ट अनुसार चीनको प्रतिव्यक्ति आए पनि बढेर १२ हजार ५५१ अमेरीकी डलर पुगेको छ । चीनको वैदेशिक व्यापार पनि ६.५ ट्रिलियन डलरको ऐतिहासिक रेकर्डमा पुगेको छ ।
आपसी राजनीतिक कुटनीतिक तनावका बीच चीनको अमेरीका भारत जस्ता देशहरुसँगको व्यापारमा उच्च बृद्धि भएको छ ।
चीनको निर्यात तथा आयात र आन्तरीक खपत सबै क्षेत्रमा बृद्धि भएको छ । आगामी केही वर्षपछि चीनले अमेरीकी अर्थतन्त्रलाई उछिन्ने यस अघि नै प्रक्षेपण हुँदै आएको छ ।
एक अर्ब ४० करोड बढी जनसंख्या रहेको चीनले सम्पूर्ण नागरिकलाई सन् २०२० मै गरीबीमुक्त गरीसकेको छ ।