सन् २०२२ मा कोभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

सन् २०२२ मा कोभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ

  • बिहिबार, पुस १, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

न्युयोर्क, १ पुस । सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । ‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाई आएको हो ।

विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरियन्टको जोखिमबाट केही देशले शान्तिको सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।

डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोध क्षमता बृद्धि गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ