अपडेट: जगदम्बाको कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ३ जना घाइते

अपडेट: जगदम्बाको कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ३ जना घाइते

  • शनिबार, असार ५, २०७८
  • दिपक चौरसिया

  • 10.9K
    SHARES

बारा ५, असार ।

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स्को भट्टी (कारखाना)मा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको डिएसपि मिश्रले बताए ।

आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनले बताएका छन् । अहिले आगलागी नियन्त्रणामा आइसकेको छ ।

 

जगदम्बा स्टिल्स्को भट्टी विस्फोट: एक जनाको मृत्यु, आगलागी नियन्त्रणमा लिने प्रयास जारी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ