तल्लो सदनद्धारा ट्रम्पलाई बर्खास्त गर्ने प्रस्ताव पारित, तर उपराष्ट्रपति पेन्स तयार भएनन्

तल्लो सदनद्धारा ट्रम्पलाई बर्खास्त गर्ने प्रस्ताव पारित, तर उपराष्ट्रपति पेन्स तयार भएनन्

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी पुष २९ । अमेरीकी संसद भवन क्यापिटल हिलमा हिंशा मच्चाएको अभियोगमा डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्नका लागि तल्लो सदनले प्रस्ताव पारित गरेको छ ।
ट्रम्पलाई हटाउनका लागि २५ औं शसोधन गरिएको छ । तर उपराष्ट्रपति माईक पेन्सले राष्ट्रपतिलाई बर्खास्त नगर्ने बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो अभियानमा स्वयं ट्रम्पको पार्टी रिपव्लिकनका सांसदहरुले मत दिएका थिए ।
केही दिन अघि ट्रम्पले निर्वाचनको परिणाम स्वीकार नगर्दा जो बाईडेनलाई राष्ट्रपति घोषित गर्ने दिनमा ट्रम्पका बन्दुकधारी समर्थकहरुले संसद भवन नै कब्जा गर्न प्रयास गरेका थिए । यस हिंशामा परी ४ प्रदर्शनकारी र एक सुरक्षा अधिकारीको मृत्यु भएको थियो ।
त्यस पछि ट्रम्प विरुद्ध बर्खास्त गर्नु पर्ने माग चर्को भएको थियो । ट्रम्पको कार्यकाल यही जनवरी २० मा समाप्त हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ