एजेन्सी पुष २१ । विश्व स्वास्थ्य संगठनले शुरुमै मान्यता दिएको अमेरीकी कम्पनी फाईजरले बनाएको भ्याक्सिनमाथि आशंका बढ्न थालेको छ । यो भ्याक्सिन लगाए पछि स्वास्थ्यकर्मी नै बिरामी परेका र केहीको मृत्यु भएको रिपोर्ट आईरहेको छ ।
पोर्चुगलमा यो भ्याक्सिन लगाएको दुई दिनमा एक जना ४१ बर्षे नर्सको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भ्याक्सिन लगाउनु अघि ती नर्स पुरै स्वस्थ्य रहेको र कुनै साईड ईफेक्ट पनि नदेखाए पनि दुई दिनमै उनको मृत्यु भए पछि छानविनका लागि स्वास्थ्य विभागले आदेश दिएको छ ।
ती नर्सको नाम सोनिया एडेबेजो रहेको छ । यस अघि अमेरीकामै पनि फाईजरको भ्याक्सिन लगाएकी नर्स कोरोना संक्रमित भएकी थिईन् भने मेक्सिकोमा एक जना ३२ वर्षे डाक्टर भ्याक्सिन लगाएको आधा घण्टामै बिरामी परेर आईसियुमा भर्ना भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline