कोरोना महामारी अन्तिम हैन, अरु पनि महामारी आँउछ, पैसा बगाउने काम मात्र नगरौः डब्लुएचओ

कोरोना महामारी अन्तिम हैन, अरु पनि महामारी आँउछ, पैसा बगाउने काम मात्र नगरौः डब्लुएचओ

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

एजेन्सी पुष १२ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी मानवजातिका लागि अन्तिम महामारी नभएको भन्दै अरु पनि भविष्यमा महामारी आउन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस गेब्रियसस एदनामले कोरोना महामारी बिरुद्धको लँडाईमा पैसा बगाएर मात्र केही नहुने भन्दै भविष्यमा पनि महामारी आउन सक्ने बताए ।
जलवायु परिवर्तनको रोकथाम र पशुपक्षीको सुरक्षाका उपायहरु विना मानव स्वास्थ्य सुधार सफल हुन नसक्ने उनले बताए ।
अन्तराष्ट्रिय महामारी तयारी दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै टेड्रोसले महामारी आएका बेला अत्याधिक पैसा खर्च गर्ने र महामारी सकिए पछि फेरी यसलाई भूलेर अर्को महामारीका लागि केही नगर्ने प्रवृति रहेकोमा चिन्ता जनाए ।
महामारी मानव जीवनको एक सत्य पाटो रहेको भन्दै महामारी हिजो पनि आएको र भोलीका दिनमा पनि आउन सक्ने भएकाले सधँै सतर्क र तयार रहनु पर्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ