नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बीमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीबन बीमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु ५५ करोड एक लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भयो ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ७४ लाख ७५ हजार ३०८, हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख ७८ हजार २७६, अपि पावर कम्पनी रु १० करोड ८५ लाख ६९ हजार ५६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ३२ लाख ९८ हजार २६६, एभरेष्ट बैंक रु नौ करोड ६९ लाख २९ हजार ४६९, प्रभु बैंक रु आठ करोड २० लाख ९३ हजार ५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक १०, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३, सानिमा जनरल इन्स्योरेन्स ९.९३, नेपाल पुनरबीमा कम्पनी ८.३९, बोटलर्स नेपाल तराई ६.९१, साधना लघुवित्त ५.७९ र साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ५.२६ प्रतिशतले कमाए । त्यस्तै, घलेम्दी हाइड्रोपावर ४.८६, पाँचथर पावर कम्पनी ४.३५, युनिभर्सल पावर ३.८५, हिमालयन पावर पार्टनर ३.८५, एभरेष्ट बैंक ३.५८, साञ्जेन जलविद्युत् कम्पनी ३.३० र सिनर्जी पावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ