एजेन्सी कार्तिक २३ । अमेरीकामा राष्ट्रपतिय निर्वाचनको औपचारीक मिति हो नोभमेम्बर ३ । बाईडेनले शपथ लिएर पद सम्हाल्न आउदो जनवरी सम्म कुर्नु पर्दछ ।
त्यस बेला सम्म कार्यकारी राष्ट्रपति ट्रम्पनै रहने छन् ।
अहिले त्यसै पनि निर्वाचनमा हार मान्न तयार भईरहेका छैनन् ट्रम्प । धेरै राज्यमा मतगणनामा शुरुमा आफू अगाडी बढेको देखे पछि उनले आफू बिजयी भएको मध्य रातमा घोषणा गरेका थिए तर निर्वाचनको वास्तविक परिणामले त्यो झुट सावित गरिदिएको छ ।
अझै पनि हार मान्न तयार नभएका ट्रम्पले ७ करोड एक लाख भोट ल्याएर आफूले जीतेको तर बाईडेनले धाँदली गरेर जीतेको भनिरहेका छन् ।
ट्रम्पको मनले ह्वाईट हाउस छाड्न मानेको थिएन तर जनताले उनलाई बाहिर जान जनमत मार्फत आदेश दिएका छन् । उनी अब जनताको अभिमतमा आफू बिजयी थिँए भन्ने कुरा सावित गराउने कानुनी उपचारमा लागि रहेका छन् । अर्थात उनले पुनः गणना गर्नु पर्ने, धाँदली जस्ता बिषयहरुमा अदालतको ढोका ढकढक्याएका छन् । उनका समर्थकहरु मतगणना स्थलहरुमा बन्दुक नै बोकेर समेत पुगेका थिए ।
एक हिशाबले ट्रम्प र बाईडेन समर्थकका रुपमा अमेरीकी नागरिक विभक्त भएको देखिन्छ ।
यस्तोमा आगामी २ महिना भन्दा लामो अवधि राष्ट्रपतिका रुपमा रहँदा ट्रम्पले कुनै गडबडी गर्ने हुन कि भन्ने उनका आफन्तहरु पनि अनुमान गर्दछन् । ट्रम्प स्वयंले पनि ओभल हाउसबाट चुपचाप ननिस्किने चेतावनी दिईरहेका छन् ।
यही बेला ट्रम्पकी आफ्नै भतिजीले ट्रम्पले ७६ दिनमा अमेरीका डुबाउने चेतावनी दिएकी छन् ।
ट्रम्पकी भतिजी मैरीले निर्वाचन हारेमा ट्रम्पले अमेरीकी जनता बिरुद्ध युद्ध छेड्न जे पनि गर्न सक्ने भन्दै ट्रम्पलाई आफ्नो कार्यकालको कुनै अफसोच नभएको बताईन् ।
चुनाव हारे पछि ट्रम्पले कानुनी केस गर्ने त्यसको कुनै असर नहुने र त्यस पछि उनको रिस अझ बढ्ने , उनका सहयोगीहरुले साथ छाड्ने पनि दाबी गरिन् ।
ट्रम्पलाई यसै पनि धेरै पटक झुट बोल्ने राष्ट्रपतिका रुपमा जनताहरुले हेर्ने गरेको आरोप लाग्दै आएको छ ।