निर्णायक भोट मानिएको जर्जिया र पेन्सिलभानियामा पनि ट्रम्पलाई पछि पारे बाईडेनले, ट्रम्प पुनः राष्ट्रपति हुने संभावना कमजोर

निर्णायक भोट मानिएको जर्जिया र पेन्सिलभानियामा पनि ट्रम्पलाई पछि पारे बाईडेनले, ट्रम्प पुनः राष्ट्रपति हुने संभावना कमजोर

  • शनिबार, कार्तिक २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कार्तिक २२ एजेन्सी । आफैले मध्यरातमा भाषण गरेर आफूले चुनाव जीतिसकेको र बिजय उत्सवको तयारी भएको घोषणा गरेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतगणनामा थप पछि परेका छन् ।
उनले शुरुमा लिड गरेको पेन्सिलभानिया र जर्जियामा पनि डेमोक्रयाट उम्मेद्धार जोई बाईडेनले अग्रता बनाएका छन् । त्यस पछि पुनः मतगणनाका लागि ट्रम्प क्याम्पेनले हालेको उजुरीका आधारमा पुनः मत गणना हुने संभावना रहेको छ ।
यस अघि फ्लोरिडामा ट्रम्पले जीतले पनि अरु धेरै निर्णायक राज्यहरुमा बाईडेनले जीत दर्ता गराएसगैँ राष्ट्रपति हुने सभावना बलियो बनाएका छन् ।
बाईडेन २५३ ईलेक्टोरल कलेज भोट जीतेर जीतको नजिक पुगेका छन भने टम्प २१४ मात्र ईलेक्टोरल भोट जीतेर पछि परेका छन् ।
बाँकी मत गणना भईरहेका ५ राज्य मध्य ४ राज्यमा बाईडेनको अगता रहेकाले पनि उनी राष्ट्रपति हुने संभावना बलियो बनेको छ । ट्रम्पले धाँदली भएको आरोप लगाईरहदाँ ठाँउ ठाँउमा तनावपूर्ण र हिंशात्मक प्रदर्शनहरु भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ