कडा टकरावकै बीच चुनाव जीति सकेको ट्रम्पको दाबी, बिदेनले निर्वाचन चोरेको आरोप
एजेन्सी कार्तिक १९ । विश्वभर चासोको विषय बनेको अमेरीकी राष्ट्रपतिय निर्वाचनको मत परिणाम आउन शुरु भए सगैँ आरोप प्रत्यारोप पनि बढेको छ । राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन जीतेको दाबी गरेका छन् । उनले बिदेनले निर्वाचन चोरी गरेको पनि आरोप लगाएका छन् ।
अर्का उम्मेद्धार बिदेनले आफू निर्वाचन जीत्ने दिशामा रहेको भन्दै निर्वाचनको बिजेता जनताले घोषणा गर्ने पनि बताए ।
ट्रम्पले बिजय पछि उत्सव मनाउने तयारी भएको समेत दाबी गरेका छन् । देशभर ४० बढी राज्यको मत परिणाम आउदा ईलेक्टोरल भोटमा बिदेन अगाडी देखिएका छन् । उनले २३६ ईलेक्टोरल भोट जीतेका छन् भने २१३ मा ट्रम्पले जीत हासिल गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline