अमेरीकी निर्वाचनको मत परिणाम आउन शुरुः ट्रम्पलाई पछि पार्दै बिदेन

अमेरीकी निर्वाचनको मत परिणाम आउन शुरुः ट्रम्पलाई पछि पार्दै बिदेन

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी कार्तिक १९ । अमेरीकी राष्ट्रपतिय निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रयाट्स उम्मेद्धार जोई बिदेनले राष्ट्रपति ट्रम्पलाई पछि पारेका छन् ।
करीब २१ वटा राज्यको नतिजा आईसकेको बताईएको छ । यसमा कतिपय राज्यमा बिदेनले जीतेका छन् भने कतिपयमा ट्रम्पले जीतेका छन् ।
समग्रमा कुल २७० ईलेक्टोरल भोट निर्वाचित हुन आवस्यक पर्छ । अमेरीकामा कुल ५८३ ईलेक्टोरल भोट रहेको छ । ५० राज्य मध्य फ्लोरिडा सहित ६ वटा राज्यको मतलाई निर्णायक मान्ने गरिएको छ । फ्लोरीडामा ट्रम्पको केही अग्रता रहेको छ ।
समग्रमा अहिले सम्म बिदेनले २०९ ईलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले एक सय १४ ईलेक्टोरल भोट जीतेका छन् ।
यसैबीच अमेरीकामा निर्वाचन परिणाम लगत्तै हिंशा भड्किन सक्ने आशंका बढेको छ । अमेरीकाको न्यूयोर्क स्थित ट्रम्प टावर आसपास संभावित प्रदर्शन रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अमेरीकी निर्वाचनलाई दुनियाभरबाट ठूलो चासोका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ