कोरोनाको संक्रमण बढेपछि फ्रान्समा पुनः राष्ट्रब्यापी लकडाउन, पहिलेभन्दा कडा बनाइने

कोरोनाको संक्रमण बढेपछि फ्रान्समा पुनः राष्ट्रब्यापी लकडाउन, पहिलेभन्दा कडा बनाइने

  • बिहिबार, कार्तिक १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी, १३ कार्तिक । कोरोना भाइरसको महामारी पुनः बढ्न थालेपछी फ्रान्समा राष्ट्रब्यापी लकडाउन गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत देशबासीका नाममा सम्बोधन गर्दै आगामी दुई साताका लागि राष्ट्रिय लकडाउन लागू गरिएको घोषणा गर्नुभयो ।

लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धि कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार ब्यबसायहरु पुर्णरुपमा बन्द रहने छन, रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ ।

यद्यपि बिद्यालय र कारखानाहरु भने पुर्णरुपमा संचालन हुनेछ । राष्ट्रपति म्याक्रोंले फ्रान्समा लागू गरिएको यो दोस्रो चरणको लकडाउन पहिलो भन्दा कडा हुने भन्दै सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गर्नुभएको छ ।

अहिलेको समय कोरोना भाइरससंग जुध्नु पर्ने बताउँदै उहाँले कोभिडका कारण देश संकटमा परेको बताउनुभयो ।

हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उहाँले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजाराको हाराहारीमा नयाँ संक्रमित थपिनुका साथै थप २ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमितको संख्या १२ लाख ३५ हजार १ सय बढी पुगेको छ । कोरानाका कारण त्यहाँ ३५ हजार ७ सय ८५ बढीको मृत्यु भइसकेको छ ।

युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ ।

स्पेन, जर्मनी, बेल्जिम लगाएतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् ।

स्विट्जरल्याण्डका अधिकांश प्रान्तका अस्पतालहरु कोभिडका बिरामीकाे चाप बढेपछि नयाँ संक्रमितहरुलाई भर्ना लिन असमर्थ भएको सुचना नै जारी गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ