नोबेल पुरस्कार २०२०: हेपेटाइटिस सी भाइरस पत्ता लगाउनेलाइ चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार २०२०: हेपेटाइटिस सी भाइरस पत्ता लगाउनेलाइ चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

एजेन्सी ।
नोबेल पुरस्कार २०२० हेपेटाइटिस सी भाइरस पत्ता लगाउने वैज्ञानिकले पाएका छन् ।
बेलायती वैज्ञानिक माइकल ह्युटन ,अमेरिकी वैज्ञानिक हार्वे एल्टर र चार्ल्स राइसलाई नोबेल पुरस्कारको चिकित्साशास्त्रतर्फको पुरस्कृत गरिएको समाचार स्रोतले जनाएको हो ।

कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।

नोबेल पुरस्कार समितिका अनुसार यी तीन वैज्ञानिकहरुले गरेको खोजीका कारण करोडौं मान्छेहरुको ज्यान बचेको जनाएका छन् ।

हेपेटाइटिस सी भाइरसले शरिरको महत्तवपूर्ण अंग कलेजोको क्यान्सर निम्त्याउँछ र यो रोगकै कारण मानिसमा कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।

नोबेल समितिको भनाइ अनुसार, ‘इतिहासमा पहिलो पटक यो रोगको उपचार गर्न सकिन्छ, जसले हेपेटाइटिस सी भाइरसको अन्त्य हुने विश्वको आशालाई बढाएको छ।’

तर अझै पनि यस भाइरसको सात करोड बिरामीहरू छन् र विश्वभरि यस भाइरसबाट प्रत्येक वर्ष करिब चार लाख मानिसहरू मर्दछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ