प्रदेश ५का मुख्यमन्त्री पोखरेल सवार गाडी तोडफोड, प्रहरीद्वारा हवाइ फायर

प्रदेश ५का मुख्यमन्त्री पोखरेल सवार गाडी तोडफोड, प्रहरीद्वारा हवाइ फायर

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

बुटवल , १८ असोज ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ ।
आइतबार साँझ काठमाडौंबाट बुटवल जादै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।

गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ ।

गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।

अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ