नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज शपथ तथा पदबहाली गर्दै

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज शपथ तथा पदबहाली गर्दै

  • शनिबार, कार्तिक १, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज (असोज ३१ गते) पद तथा गोपनीयताको शपथ ग्रहण एवं पदबहाली गर्ने भएका छन्।

बडादसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम तय गरिएको छ। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै थापाले आजै जिम्मेवारी सम्हाल्न लागेका हुन्।

समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा उपलब्ध पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई निमन्त्रणा गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय समितिका अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि मात्र गरिने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनले २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ