सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता निरन्तर, १७०७ मत गणना हुँदा ६२३ मत प्राप्त

सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता निरन्तर, १७०७ मत गणना हुँदा ६२३ मत प्राप्त

  • बुधबार, अशोज २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

२८ असोज, २०८३ (१४ अक्टोबर, २०२६)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा सहमहामन्त्री पदको खसआर्य क्लस्टरतर्फ रोल्पाका मनोजमणि आचार्यले आफ्नो सुरुवाती अग्रतालाई निरन्तर कायम राख्नुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल एक हजार ७०७ मत गणना सम्पन्न हुँदा आचार्य ६२३ मतका साथ प्रतिस्पर्धामा अगाडि रहनुभएको छ।

एक पदका लागि चार जना उम्मेदवारहरू चुनावी मैदानमा रहेको खसआर्य सहमहामन्त्री पदको यस प्रतिस्पर्धामा आचार्यलाई जगदीश्वर नरसिंह केसीले ५४५ मतका साथ पछ्याइरहनुभएको छ। त्यसै गरी अन्य प्रतिस्पर्धीहरूमध्ये दिनेश कोइरालाले ३३१ मत प्राप्त गर्नुभएको छ भने शुभराम बस्नेतले ११४ मत प्राप्त गर्नुभएको छ। सानेपामा उच्च सुरक्षा सतर्कता र प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा बाँकी पद तथा क्लस्टरहरूको मतगणना पनि तीव्र रूपमा अघि बढाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ