काठमाडौँ, २८ असोज । चितवनको चितवनस्थित रिलायबल नेपाल एग्रो लिमिटेडद्वारा उत्पादित ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन पाइएपछि फिर्ता (Recall) गर्न सरकारले आदेश दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको उक्त तेलको नमूना प्रयोगशालामा परीक्षण गर्दा मापदण्डअनुसार न्यूनस्तरको पाइएको जनाएको छ।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम व्याच नम्बर RP 05 रहेको १ लिटरको ‘स्वास्थ श्री’ ब्रान्डको आयातित तोरीको दानाबाट उत्पादित तोरीको तेल बजारबाट तत्काल फिर्ता (Recall) गर्न उत्पादकलाई निर्देशन दिइएको छ।
साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त ब्याचको तेल बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित सबैमा आदेश जारी गरेको छ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतको निर्णयअनुसार २०८३ असोज २८ गते यो सार्वजनिक आदेश जारी गरिएको हो।
विस्तृत विवरण:
-
उत्पादनको नाम: Mustard oil (आयातित तोरीको दानाबाट उत्पादित) १ लि.
-
ब्रान्ड: स्वास्थ्य श्री
-
व्याच नं.: RP 05
-
उत्पादन मिति: 2026-09-01
-
उपभोग्य मिति: Best before 9 months
-
कारण: न्यूनस्तर
-
उत्पादकको नाम र ठेगाना: Reliable Nepal agro limited, Khairahani-2, Chitwan