जन्मजात जटिल समस्या देखिएपछि नवजात शिशु काठमाडौं रेफर, नारायणी अस्पतालमा प्राथमिक उपचारपछि कान्ति बाल अस्पताल पठाइयो

जन्मजात जटिल समस्या देखिएपछि नवजात शिशु काठमाडौं रेफर, नारायणी अस्पतालमा प्राथमिक उपचारपछि कान्ति बाल अस्पताल पठाइयो

  • बुधबार, कार्तिक २५, २०८३
  • दिपक चौरसिया

  • 152
    SHARES

जन्मजात जटिल स्वास्थ्य समस्या (ग्यास्ट्रोस्किसिस) देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा जन्मिएका एक नवजात शिशुलाई थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल रेफर गरिएको छ।

अस्पताल प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाराको इटियाही–०७ निवासी २० वर्षीया गुड्डी कुमारीलाई गत कार्तिक २२ गते बेलुका ६:२८ बजे सुत्केरी व्यथा लागेपछि नारायणी अस्पताल भर्ना गरिएको थियो। राति ११:२० बजे भर्ना भएकी गुड्डी कुमारीले सोही राति ११:३८ बजे शल्यक्रिया (एलएससीएस) मार्फत तीन किलोग्राम तौल भएको छोरालाई जन्म दिएकी थिइन्।

शिशुको जन्मपश्चात् स्वास्थ्य परीक्षण गर्दा पेटको भित्ताबाहिर आन्द्रा निस्किने गम्भीर जन्मजात समस्या ‘ग्यास्ट्रोस्किसिस’ (Gastroschisis) पुष्टि भएको अस्पतालले जनाएको छ। यस्तो जटिल अवस्थाका नवजात शिशुलाई तत्काल नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) तथा बाल शल्यचिकित्सा (पेडियाट्रिक सर्जरी) सेवाको आवश्यकता पर्छ।

उक्त उपचार नारायणी अस्पतालमा सम्भव नभएकाले सुरुमा शिशुलाई नेसनल मेडिकल कलेज लगिएको थियो। तर, पुनः नारायणी अस्पताल ल्याइएका शिशुलाई प्राथमिक उपचार तथा स्वास्थ्य अवस्था स्थिर गराएर थप उच्चस्तरीय शल्यक्रियाका लागि कार्तिक २३ गते दिउँसो १ बजे काठमाडौंको कान्ति बाल अस्पताल पठाइएको हो।

नारायणी अस्पताल प्रशासनले शिशुको सफल उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता जटिल जन्मजात स्वास्थ्य समस्याको समयमै पहिचान र उचित व्यवस्थापनका लागि अस्पताल सदैव प्रतिबद्ध रहेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ