एजेन्सी ।
१० असोज ।
युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ ।
दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ ।
खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।
रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।
दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटनामा परि चार जना बेपत्ता भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline