एजेन्सी ।
क्यानडाका अर्थमन्त्री बिल मोर्नीले क्यानाडाको अर्थमन्त्री र सांसद दुवै पदबाट राजीनामा दिनुभएको छ ।
उहाले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएको अन्तराष्ट्रिय मिडीयाले जनाएको छ ।
स्रोतका अनुसार अर्थमन्त्री मोर्नीको उक्त हर्कतले प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाले पदबाट राजीनामा रोज्नुभएको हो
प्रारम्भिक अनुसन्धानका क्रममा मोर्नीको परिवार संग च्यारिटी सम्त्रन्ध रहेका र च्यारिटीसँग सम्बन्धीत केही प्रमाणहरु सार्वजनिक भएका छन् ।
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।
उहालेँ व्यक्तिगत यातायात खर्चको लागी च्यारिटीबाट रकम बुझेको स्वीकारेको स्रोतले जनाएको छ ।