सिर्जनशिल नेपाली समाज युकेका अध्यक्ष तथा टेलर फर युका संचालक भक्त दर्जिले आफ्नो छोरा मनीष दर्जी र जुवाइ शुरेश परियारको जन्मदिनको अवसरमा चितवनका ७० बर्षीया नर बहादुर परियारको घर निर्माणको लागि ४० हजार नेपाली सहयोग गरेका छन् ।
जन्म दिनमा ठुलो ठूलो खर्च गर्नु भन्दा असहायका लागि सहयोग पुगोस् भन्नका लागि सहयोग गरेको अध्यक्ष भक्त दर्जीले बताए । आर्थिक अवस्था कमजोर रहेका नरबहादुर झुपडीमा बस्दै आएका थिए भने यीनै सहयोगले अहिले उनको सामान्य व्यवस्थित घर बनिरहेको छ ।
बेलायतमा रहदै आएका भक्तले यस अघि पनि रुकुम पश्चिममा मारिएका नबराज बिक सहितको परिवारलाई सहयोगका लागि पहल गरेर प्रति परिवार ५० हजारका दरले उपलव्ध गराएका थिए ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline