एजेन्सी जेष्ठ ३२ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित आमाको दुधबाट बच्चालाई कुनै पनि खतरा नहुने बताएको छ । साथै उसले नवजात शिसुलाई स्तनपान जारी राख्न अपील गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेव्रिसियसले शिसुलाई कोरोना संक्रमणको जोखिम भन्दा स्तनफान अधिक फाईदाजनक हुने देखिएकाले यस्तो अपील गरेका हुन् ।
जेनेभामा पत्रकारहरुसगँ कुरा गर्दै डा. टेड्रोसले हालै विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा यस्तो नतिजा आएको बताए ।
उनले स्तनपान नगराउदा बच्चामा अन्य रोगको अझ बढी खतरा हुने भन्दै जुन शिसुका आमाह संक्रमित छन् या त्यस्तो महसुस गरेका छन् उनीहरुलाई स्तनपानको लागि प्रोत्साहित गर्नु पर्दछ, डा टेड्रोसले भने ।
महिलाको अवस्था अत्यन्त खतरनाक र चिन्ताजनक भएमा मात्रै शिसुलाई अलग गर्नु पर्ने सुझाव पनि डब्लुएचओले दिएको छ ।
डब्लुएचओकी रिप्रोडक्टिभ हेल्थ मामलाका सल्लाहकार डा. अंशु बनर्जीले आमाको दुधबाट जीवित भाईरस सरेको अहिले सम्म पत्ता नलागेको बताईन् । यसै कारण कुनै पनि आमाले बच्चालाई दुध चुसाएका कारणले भाईरस सरेको प्रमाण समेत फेला नपरेको बताईन् ।