टाेक्याे आबिस्कार केन्द्रलाइ जापानबाट २१ लाख ३० हज़ार बराबरीकाे सामग्री सहयाेग ,प्रिन्टर मेसिनकाे परीक्षण हुदै जापानबाट कोरोना रोकथामको लागी राष्ट्रिय आविष्कार केन्द्रमा बनि रहेको बिभिन्न सामानहरु बनाउनको लागी चाहिने पार्ट पुर्जाहरु र सामानहरु नेपाल एअरलाइन्सको फ्लाईटबाट काठमान्डू पुगेकाे छ ।
ति सामानहरु मध्य मुख्य सामान स्वाब निकाल्ने सुईरो बनाउने 3D प्रिन्टर थियो जसको मुल्य करिब रु.१४ लाख परेको छ. ति सामानहरु किन्नको लागी महाबीर पुनले अमेरिकामा उठेको दान करिब रु. ८ लाख जापान पठाउने र बाँकी रकम जापानमा सापटी अथवा दान लिने भन्ने थियो. तर जापानमा भएका दाताहरुले प्रिन्टर किन्नको लागी मात्र भनेर अनुरोध गरेको रकम भन्दा बढी पनि दान संकलन गर्नु भएको हुनाले अरु धेरै सामानहरु पनि किन्न सकिएकाे पुनले फेसबुक मार्फत बताएका छन । स्वास्थ्य सामग्री खरिदका लागि NRNA Japan, MRR Japan र अन्य दाताहरुले निम्न अनुसारको कुल जापानिज ¥ 1,927,080 सहयाेग गरेकाे छ जसको नेपाली रुपैंया करिब २१ लाख ३० हजार हुन आउछ ।
ति सामानहरु जापानमा खरिद गर्नको लागी र प्याकिंग गर्न सुवास गुरुंगले ५ दिन खटेर काम गरेका छन सामानहरुलाई टोक्यो बाट नारीता एयरपोर्ट सम्म पुर्याउन बिकास लम्सालले सहयोग गरेका थिए त्यस्तै एयरपोर्टमा पुगे पछि ति सामानहरुलाई जापानिज कस्टम बाट हवाईजहाज सम्म पुर्याउनको लागी ४ जना जापानिज कर्मचारीहरुले ठुलो सहयोग गरेका थिए जसको लागी नेपाली दुताबासले समन्बय गर्न ठुलो सहयोग गरेको थियो। नेपाल एयरलाइन्सले पनि झन्डै १६ ओटा प्याकमा रहेको १६५ के.जी. सामानहरु कत्ति पनि पैसा नलिईकन फ्रिमा काठमाडौँ सम्म ल्याउन मदत गरेको थियो भने सामानहरु काठमान्डू आईपुगे पछि एयरपोर्ट बाट छुटाउने काममा NRNA Japan ले ठुलो भूमिका निभाएकाे बताइएकाे छ ।
यसरी धेरै नेपाली र विदेशीहरुको सहयोगमा सो प्रिन्टर र अन्य सामानहरु आएको हो । यसैबीच आज राष्ट्रिय आविष्कार केन्द्रमा त्यो प्रिन्टरको परीक्षण हुँदैछ । त्यो प्रिन्टरको संचालन गर्नको लागी Zener Technologies का रामचन्द्र थापा र उनको टीमले मदत गर्नेछन ।यसरी बनेको स्वाब संकलन गर्ने सुईराहरु लाई सबभन्दा पहिला स्वास्थ्य मन्त्रालयमा लगेर प्रमाणिकरण गरिने छ र त्यस पछि सुईराहरु बनाएर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने पुनले आफ्नाे फेसबुकमार्फत बताएका छन ।