कोरोना भाईरस कहिले पनि निर्मुल नहुने संभावना हुन सक्छः विश्व स्वास्थ्य संगठनको चेतावनी

कोरोना भाईरस कहिले पनि निर्मुल नहुने संभावना हुन सक्छः विश्व स्वास्थ्य संगठनको चेतावनी

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

जेष्ठ १ एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस कहिले पनि निर्मुल हुन नसक्ने संभावना रहेको चेतावनी दिएको छ ।
बुधबार डब्लुएचओका आपतकाल निर्देशक डा. माईक रायनले धेरै मानिसहरुले भाईरस कहिले लोप हुन्छ भनेर भनिरहेका छन् , तर भ्याक्सिन पत्ता लाग्यो र निकै प्रयास भए पछि कन्ट्रोल भने गर्न सकिने बताए ।
यो भाईरस पछि अर्को महामारी आउन सक्छ, एचआईभी एडस् कहिले पनि निर्मुल नभएको उदाहरण दिदै कोरोना पनि त्यस्तै हुन सक्ने तर यसलाई नियन्त्रण गरेर अघि बढ्न सकिने उनले बताए ।
अरु महामारीको पनि उदाहरण दिदै सम्पूर्ण रुपले लोप हुने अनुमान गर्न नसकिने भन्दै उनले नियन्त्रण गरेर अघि बढ्दै जानु पर्ने बताए ।
विश्वभर करीब १ सय भन्दा बढी भ्याक्सिनहरु परीक्षणको चरणमा रहेको उनले बताए ।
डब्लुएचओका निर्देशक डा. टेड्रोस एदनाम गेब्रियसले यो भाईरस नियन्त्रण गरेर अघि जान सबैको साझा प्रयास भाईरस नियन्त्रणका लागि भईरहेको बताए । हरेकले भाईरस नियन्त्रणकै लागि प्रयास गर्नु पर्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ